Monday, December 31, 2012

नायिकाको उध्रिएको चोली बिक्छ यहाँ
मसि भन्दा पनि धेरै गोली बिक्छ यहाँ



यस्तै चाला हो भने के हाम्रो देश रहला र ?
नागरिकता, सिमाना र खोली बिक्छ यहाँ
_bibash sapk0ta

Sunday, December 30, 2012

अतृप्त तृष्णा तिखारी गयो ।
जवानी हेरी बिचारी गयो ।



जवानी प्वाख उम्रेको बेला
जोगिए धन्न शिकारी गयो ।


Buddhi Moktan

Friday, December 28, 2012

अब सरकार ढलाउँने बिचार गर्दैछु ...!!
तब तरबार चलाउँने बिचार गर्दैछु ...!!

चोरहरू सिँह दरबारमा होसियार ...?
त्यहि दरबार जलाउँने बिचार गर्दैछु ...!!



- मोहन रावल अनमोल 'अस्तु'

Saturday, October 13, 2012

ओइली जिबन झर्न तयार छ
जिन्दगीले बास सर्न तयार छ

थाहा छैन कठै !आज हो या भोलि
धरप छ ज्यान मर्न तयार छ





पूर्ण 'कान्छा' गुरुङ

Friday, September 21, 2012

रगतको नहरमा छोडेर गयौ..!!
यो अन्जान शहरमा छोडेर गयौ..!!

हजारौँ पटक म मरेर बाँचि छु..
अनौठो प्रहरमा छोडेर गयौ..!!


लक्ष्मण 'मिलन' विष्ट



Thursday, September 20, 2012

यहाँ मान्छे भगवान भएपछि
सिङ्गै बस्ति सम्सान भएपछि 

यस्तो त यहाँ चलिनैरहने भो
कपट मुर्ख बिद्धान भएपछि

  - Prakash Ajnabee

Saturday, September 15, 2012

थोरै भानी सास मेरो बचाएर आएं
दिन गन्दै औंला हरु भचाएर आएं

महिना गन्दै सालबित्यो बेचैनीमा नै
परेलिमा आँशु आँशु नचाएर आएं

-(दर्शन योङ्हाङ्)झापा ...

Wednesday, September 12, 2012

जिन्दगी आज बेकार भो
फेरिपनी उनकै शिकार भो

म बिपक्छि दलमा हुंदा
उनको दलको सरकार भो
- सुजन....
 
 

Monday, September 10, 2012

भमराले  साइनो  जोर्ला  होस  गर्नु  है
लाली जोभान फूलले चोर्ला होस गर्नु है

चन्चल त्यो जवानीको सिको गर्ला नदी
उर्लिएर  पहाड  फोर्ला  होस  गर्नु   है

Saturday, September 8, 2012

मरिसकेको जीवन मेरो हरियाली पारेऊ किन ?
मरेकोलाई बिउझाएर पटक पटक मारेऊ  किन ?

ओइल्याएको भएपनि बोटैमा त थिएँ म
मलपानी गरीगरी झट्कारेर झारेऊ किन?

      - दिवस पौडेल 

Wednesday, September 5, 2012

  म पनि सक्छु भनेर  आयो
 आफ्नो बाटो आफै खनेर आयो

यी लाखौ मान्छेहरुको भिडमा
कतिलाई छ पछार्नु गनेर आयो  

Friday, August 31, 2012

दया होइन मलाई माया गर्छेउ भने आउ
सुनपानीको सट्टा खुशी छर्छेउ भने आउ 

तिम्रो जिउमा रगत बग्छ मेरोमा रातोपानी  
त्यहि पानीले आफ्नो सिउदो भर्छेउ भने आउ 


Thursday, August 30, 2012

फेरि एउटा बदनामी भिर्न पुगेछु
आफ्नो नजर बाट आफै गिर्न पुगेछु

अध्यारोको झटारो पनि के लाग्थ्यो र
बन्चरोले आफ्नै खुट्टा चिर्न पुगेछु 
आजकल अलि बढी डराउन थालेछु
सपनीमा उनलाई देख्दा हराउन थालेछु

कहाँ देखुँ कहाँ भेटुँ जस्तै हुन थाल्यो
कतैकतै उनलाई मन पराउन थालेछु

    -निरज कंडेल "सुगम"

Tuesday, August 28, 2012

 त्यो नशालु नजरको तिर लगेछ
छोडी अन्तै जान्छिन् कि पिर लगेछ

दोबाटोमा ठोक्किएर उनी लड्दाखेरी
मेरो पाउमा उनको शिर लागेछ 

Monday, August 27, 2012

यो संसारमा एक्लै छोडी जादैछु आज
अर्कै दुनियामा बाटो मोडी जादैछु आज

मायाको  फूल  फुलाउ  या  मार
केवल  रागले  गोडी  जादैछु  आज

               -विमल तिमिल्सिना 

Saturday, August 25, 2012

मेरो अभिन्न मित्र छ
बाहिर होइन दिलभित्र छ

कसरी हेरु म अरुलाई
आखामा उनकै चित्र छ 

Friday, August 24, 2012

प्रेमको सुवास छर्किनेलाई सलाम
बोलाउदा खेरी तर्किनेलाई सलाम

मेरो मनमन्दिर मेरै मनमुटुमा
धड्कन बनेर धड्किनेलाई सलाम


Wednesday, August 22, 2012

नजरैमा बात भए बोली किन चाहियो र
मुस्कानले घायल पार्छेउ गोली किन चाहियो र

एकै चिम्टी सिन्दूरले तिमि मेरी बन्छेउ भने
बेकारमा जन्ती अनि डोली किन चाहियो र

             - प्रकाश भुसाल "अन्जान "

Tuesday, August 21, 2012

सारंगी छ तार छैन
तरबार छ धार छैन 

एक्लो जीबन तिमि बिनाको 
लाग्छ जीउनुको सार छैन 


Monday, August 20, 2012

समयले सबै कुरा बताउदो रैछ
जसलाई पनि अतीतले सताउदो रैछ 

एकै बोतल के पियेथे बर्बराउन थाले 
कहिलेकाही त पानीले नि मताउदो रैछ 

Sunday, August 19, 2012

कसैकसैको  यादले सतायो
जब रक्सीले मलाई मतायो

चोखो माया कस्तो रैछ
समयेले सबैसबै बतायो

-"ए .पी " सुमन